कला / साहित्य
गायक राजीव लोहनीको नयाँ गीत ‘लप्सी फेदीमा…’ सार्वजनिक
![](https://nispakshyakhabar.com/wp-content/uploads/2023/12/lapsi-phedima.png)
विराटचोकः ‘बलेको आगो, जलेको प्रेम…’ का गायक राजीव लोहनी नयाँ गीत लिएर नेपाली साङ्गीतिक बजारमा आएका छन् ।
सञ्चारकर्मी एवम् गीतकार मन्दिरा ढुङ्गेलको शब्द रचना, राजीव लोहनी र अस्मिता अधिकारीको युगल स्वर रहेको ‘लप्सी फेदीमा…’ गीतलाई कन्च क्रिएटिभको प्रस्तुतीमा म्युजिक नेपालको च्यानल मार्फत सार्वजनिक गरिएको हो । गीतमा प्रिन्स नेपालीले एरेन्ज गरेका छन् ।
नायिका श्रद्धा क्षेत्री र स्वयम् गायक राजीवले नै अभिनय गरेको भिडियोमा राजीव लाहुरेको भूमिकामा देखिएका छन् । उनको भिडियोमा श्रद्धासँग केमिस्ट्री जमेको देखिन्छ । सुब्रतराज आचार्यको निर्देशनमा बनेको भिडियोमा उत्सव दाहालको सिनेमाटोग्राफी र टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
Facebook Comment
Banner
केराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/WhatsApp-Image-2024-06-29-at-1.56.53-PM.jpeg)
विराटचोकःकेराबारी गाउपालिका वडा नम्बर ३ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार २०८१ असार १३ गते हिमचुली बनको भवनमा वडा अध्यक्ष राम चन्द्र शाहीको अध्यक्षतामा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो ।
सेवाग्राहीका रुपमा आएका सर्वसाधारणहरुप्रति सेवाप्रदायक निकायबाट भए गरेका क्रियाकलाप, वडामा भएका विकास निर्माण, आव २०८०/०८१ मा सञ्चालन भएका याेजनाका बारेमा आम नागरिकलाई जानकारी गराउने उदेश्यले कार्यक्रमकाे आयाेजना गरिएको अध्यक्ष शाहीले बताउनुभयाे । यस्तै सञ्चालन भएका याेजनाका विषयमा उपस्थित नागरिकले चासाे राखेका थिए ।
कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका प्रतिनिधि, उपभोक्ता समितिका प्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो । कार्यक्रमकाे सहजीकरण विराट मिडिया एण्ड एडभर्टाइजिङ प्रालिले गरेको थियो ।
Banner
आज देशका यी स्थानमा भारी वर्षा हुने, सतर्कता अपनाउन अनुरोध
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/06.05.2024_06.47.08_REC.png)
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ।
कोशी,लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा जनाइएको छ।
विभागका अनुसार आज दिउँसो देशभर साधारणदेखि पूर्णतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको सम्भावना छ।
Banner
दक्षिण अफ्रिकालाई हराउँदै भारतले जित्याे विश्वकपकाे उपाधि
![](https://nispakshyakhabar.com/wp-content/uploads/2024/06/384057_yHwCDw5d3A_57dMTsDYUV.jpg)
आइसीसी टी-२० विश्वकपकाे उपाधि भारतले जितेकाे छ। फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि उपाधि जितेकाे हाे।
भारतले दिएकाे १७७ रनकाे लक्ष्य पछ्याएकाे दक्षिण अफ्रिकाले निर्धारित ओभरमा ८ विकेटकाे क्षतिमा १६९ रनमात्र बनाउन सक्याे।
दक्षिण अफ्रिकाका लागि हेइनरिक क्लासेनले सर्वाधिक ५२ रन बनाए। त्यस्तै क्विन्टन डीककले ३९ रन, ट्रिस्टन स्टबले ३१ र डेबिड मिल्लरले २१ रन बनाए।
भारतका लागि हार्दिक पाण्डेले ३ विकेट लिए। त्यस्तै अर्शदीप र जसप्रित बुमराहले २-२ विकेट र अक्सर पटेलले एक विकेट लिए।
यसअघि बारबाडोजको ब्रिजटाउनस्थित रंगशालामा टस जितेर ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १७६ रन बनाएको थियाे।
भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बल खेलेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरेका थिए।
त्यस्तै अक्सर पटेलले ४७ रन, शिभम दुबेले २५ रन, रोहित शर्माले ९ रन, सूर्यकुमार यादव ३ र रविन्द्र जडेजाले २ रन बनाएर आउट भएका थिए। रिसभ पन्त भने शून्य रनमै आउट भएका थिए। त्यस्तै हार्दिक पाण्डे ५ रनमा अविजित रहे।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login